बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ल्यान्ड हुन सकेन
काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशी प्रदेशका विभिन्न जिल्ला पुगिरहेका छन् । शनिबार राति अविरल वर्षाका कारण आएको बाढीपहिरोले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा वितण्डा मच्चाएको छ । अहिलेसम्म तीन जिल्लामा गरी ७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । सोही क्षेत्रको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड जिल्लाका प्रतिनिधिहरूसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । तर प्रतिकुल मौसमको कारण पाँचथरमा भने प्रधानमन्त्री