पृथिवीको इन्द्र
लघुकथा आफूले भनेको खुरुखुरु मान्ने अहल्यालाई छेउमै भेटेपछि इन्द्रले भने , हेरन अहल्या परीक्षा आउन लाग्यो फेरि कक्षा१२ को बोर्ड परीक्षा तयारी पनि पुगेको छैन । यही बेला गौतमले नोट कापी लगेर मेरो त हरिबिजोग पो पार्यो । लौ न केही उपाय लगाएर कापी फिर्ता गरिदेऊ न । इन्द्रको कुरालाई नाइनास्ती नगरी सिधै एकान्तकुनामा रहेको गौतमको घरमा पुगे लगत्तै अहल्याले भन्न थाली , गौतम तयारी त निकै दरो जस्तो छ