ओली, काँग्रेस र माओवादी केन्द्रद्वारा सत्ता समीकरणमा जसपा नेता ठाकुरलाई तानातान
काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार