समाचार

मानव बस्तीतिर पस्न थालेपछी ‘ध्रुवे’ लाई नियन्त्रणमा लिन टोली परिचालन

चितवन । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन

नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपुर । नवलपुरको देवचुलिमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको लु १ ज ३२७० नम्बरको यात्रुबाहक जिप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना ग्रस्त भएको जनाइएको छ । जीप दुर्घटना ग्रस्त हुँदा जीपमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा परि एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर

आज लक्ष्मीपूजा र कुकुरतिहार मनाइदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ

किर्तिमानी पाइलट भावना नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने

नेपालगंज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने किर्तिमानी नेपाली महिला पाइलट भावना पन्त नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन आउने भएकी छन् । नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस(फागुन २४, २०७९)मा पहिलोपटक एयरबसलाई काठमाडौं–दुबई–काठमाडौं सफल अवतरण गराएकी थिइन् । अन्तर्राष्ट्रिय उडानहरुमा व्यस्त क्याप्टेन भावनाले नेपालगन्ज म्याराथनका सहभागीहरुसँग सुर्खेतरोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्ने भएकी हुन् । महिला सशक्तीकरण सम्बन्धि

भिरकोट नगर इकाईले गर्‍यो साँस्कृतिक कार्यक्रम सम्पन्न

दर्शन सुनार, कतार : स्याङ्जा सहयोग समाजको मातहतमा रहेको भिरकोट इकाईले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२३ भव्य रुपमा सम्पन्न गरेको छ । नेपालीहरुको दोस्रो महान शुभ दिपावली एवम्  छठ पर्व तथा नेपाल संवतको अवसर पारेर स्याङ्जा सहयोग समाज(केन्द्र) को समन्वयमा ‘गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।  नौमती बाजाको साथमा सुरुभएको कार्यक्रममा शुभकामना आदानप्रदान पनि गरिएको थियो। इकाईका अध्यक्ष लिल बहादुर रोकाको सभापतित्व तथा स्याङ्जा सहयोग

प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेको जानकारी रक्षा मन्त्रालयलाई पठाएको हो । सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार जंगी अड्डाले उनको राजीनामा स्वीकृत गरेको जानकारी रक्षा मन्त्रालयमा पठाइएको हो । जन्ममिति किर्ते विषयमा छानबिन सुरु भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए । पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा थिए । प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४

मुगु हत्या प्रकरण– ‘रुन थालेकाले बच्चाको पनि हत्या गरेको आरोपितको भनाई’

काठमाडौँ । मुगुमा भएको सामूहिक हत्या प्रकरणका एक आरोपितले बच्चा रुन थालेकाले एक वर्षका बालकको समेत हत्या गर्नुपरेको बयान दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले एक वर्षको सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।  प्रहरीको प्रारम्भिक सोधपुछमा आरोपित गोपालले हत्या लुटपाटको उद्धेश्यबाट भएको र हत्या गर्ने क्रममा सानो बच्चा पनि रोएको कारण गाउँलेले थाहा पाउने डरले बच्चाको

सुरु भयो यमपञ्चक, आज कागको पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ । समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन

सरकारले गर्यो सामाजिक सञ्जालमा कडाइ, गलत सूचना स्प्रेषण गरे कारबाही हुने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न ‘सामाजिक सञ्जाल संचालन निर्देशिका-२०८०’ ल्याएको छ । उक्त निर्देशिका बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । सामाजिक सञ्जालहरु फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्राम लगायतमा राखिने सामग्रीहरु विकृत भएको भन्दै जनमानसबाटै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा

लुटपाटमा संलग्न असई सहित ५ जना जेल चलान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ठमेलबाट युवती लगेर लुटपाट गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ