पदोन्नति भएका प्रहरीका २० एसएसपी दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन र प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम