समाज

आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ ।यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल

न्युरोडबाट पाँच किलो सुनसहित दुईजना पक्राउ

नेपालगञ्ज ।बाँके प्रहरीले झण्डै ५ किलो सुनसहित २ जनालाई नेपालगञ्जको न्युरोडबाट पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । नेपालगञ्जको न्यूरोड क्षेत्रबाट पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले तयारी गरगहना बनाएर ल्याएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेती खोंचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु

कास्की । पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार दिउँसो ३ बजेतिर उनी सेती खोंचमा खसेको कास्की प्रहरीले जनाएको छ । ती बालिका खसेसँगै जनपद

आजदेखि नयाँ वर्ष २०८० सुरु

काठमाडौं । आजबाट नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने

पाँचौं दिनसम्म पनि  उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँचौं दिनसम्म पनि सिंहदरबारको फाहोर उठाएको छैन । परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेका अनुसार महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाईएको हो । सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन । महानगरले नभनेसम्म आफूहरुले फाहोर उठाउन नसक्ने घिमिरेको भनाई छ । घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन् । बालेनले

प्रहरीको १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।  आज (बुधबार) बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।  बढुवाको पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल र तेस्रोमा विष्णुबहादुर केसी छन् ।

बैतडी जीप दुर्घटना:एकै ठाउँका ६ जनाको मृत्यु, चालक सम्पर्कविहीन

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी,

लघुबित्त पीडितहरुद्वारा  विभिन्न पाँच वटा माग राखेर  प्रशासन गेटमा धर्ना

रुकुम पश्चिम । रुकुम पश्चिममा लघुबित्तिय संस्थाहरुद्वारा पीडित भएको भन्दै दिनहुँ जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम हुँदै आएको छ ।न्याय सहित विभिन्न पाँच वटा माग राखेर संघर्ष समितिले चैत २१ गते देखि निरन्तर प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिदैं आएको छ । संघर्ष समितिले नवसामन्तीको रुपमा स्थापित लघुत्तिय संस्थाहरु खारेज गरिनुपर्ने, लघुबित्तिय सस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाह गरिनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गरिनुपने, आवश्यकता र क्षमतामा आधारित

सरकार र मिटरब्याजपीडित बीच वार्ता जारी

काठमाडौं । सिंहदरवारस्थित मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । विभिन्न जिल्लका मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो । त्यसलगत्तै चैत २० गतेदेखि अर्को मिटरब्याजपीडितको समूह काठमाडौंमा आन्दोलनरत छन् । उक्त मिटरब्याजपीडितहरुले यसअघिको सम्झौता अस्वीकार गर्दै आएको थियो । उनीहरुले उक्त सम्झौतामा थप

चैत २६ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने

काठमाडौं । राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हो । विद्यार्थी संगठनभित्रको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो । स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर क्याम्पसमा ताला लगाएका थिए । निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनको