समाज

दुर्घटनाको उच्च जोखिमका कारण पाल्पा-बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

काठमाडौं । पाल्पा–बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ । सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा हुने जोखिमलाई मध्यनजर गर्दै पाल्पा–बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द गर्न लागिएको हो । राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा चैत २१ गते मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद

डीआईजी सरुवा:लुम्बिनीमा जोशी,बागमतीमा राणा

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको आज (शुक्रबार) को निर्णयाअनुसार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेश राज जोशी र किरण राणाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले डीआईजी जोशीलाई लुम्बिनी र राणालाई बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा गरेको छ।

प्रहरीका ३१ प्रहरी नायव निरीक्षक वरिष्ट नायव निरीक्षकमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीका विभिन्न प्राविधिक प्रहरी समुहका ३१ जना प्रहरी नायब निरीक्षक(सई)हरू प्रहरी वरिष्ट नायव निरीक्षक (वरिष्ट सई)मा बढुवा सिफारिस भएका छन्। बुधवार बसेको बढुवा समितिको बैठकले ३१ जना नायब निरीक्षकलाई प्रहरी वरिष्ट नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।

चार एआईजीको पदस्थापन : एकेडेमीमा राई ,मेट्रोमा ज्ञवाली

काठमाण्डौं: सरकारले हालै बढुवा भएका प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ ।मंगलबार वसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा श्यामलाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (मंगलवार) मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। आज बिहानै टंगालमा मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरुको समस्या समाधानको पहल गर्ने बताएका हुन् । ‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी

गोली लागेर ताप्लेजुङमा ५८ वर्षीय ललित गुरुङको मृत्यु

काठमाडौं । ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान

नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। सोमवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी,मिरा चौधरी र टेक बहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

नवलपरासीमा बम भेटियो

नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाएजस्तै गरी बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगलनजिकै बारीमा बम फेला परेको हो । बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा चौपाया चराउन गएका किसानले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो । भारतीय सेनाका पूर्वसैनिकसमेत

रिक्सा दुर्घटनाका घाईते तीन जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना हुँदा गम्भिर घाईते भएका तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । घाईते ६ जना मध्य तीन जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । गम्भिर घाईते भएका रोशन बिष्ट, खिमा खड्का र सरिता ओली बिष्टलाई थप उपचारको लागि जिल्ला बाहिर

लुम्बिनी प्रदेशमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलको माग

रुपन्देही । नयाँ राजनीतिक समीकरणसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । आइतबार नेकपा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको पद संकटमा परेको हो । प्रदेश सरकारबाट बाहिरिएसँगै कांग्रेस, माओवादीसहितका ८ दलका सांसदले लुम्बिनी नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षरसहित पत्र बुझाएका छन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री