समाज

प्रहरीका आइजिपीलाई प्रधानसेनापतिको बधाई

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् । जंगीअड्डामा भेट्न पुगेका कुँवरलाई शर्माले बधाई दिएका हुन् । सुरक्षा निकायका दुई प्रमुखबीचको भेटमा आपसी सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

काठमाण्डौं ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज (आइतवार) दर्ज्यानी चिह्न लगाएका छन् ।  कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् । नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई आईजीपीमा नियुक्त गरेको थियो ।

स्थानीय सरकारलाई स्वास्थ्य समस्यामा जिम्मेवार बनाउन बिद्यालयहरुमा कार्यशाला संचालन

नेपालगञ्ज । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको छ । बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सवाल, समस्यालाई प्रत्यक्षरुपमा स्थानीय सरकारले बुझ्ने र यस्ता समस्यालाई समाधानका लागि जिम्मेवार हुने उद्देश्यका साथ बर्दियाका बिभिन्न पालिकाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको हो । कार्यशालाले बिद्यालयमा किशोर किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर सिक्ने, आवश्यक सुबिधाहरु निर्माण गर्ने, महिनावारी स्वच्छता जस्ता

नेपालको जनसंख्या २ करोड ९१ लाख बढी

काठमाडौं । सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना-०७८ को नतिजा सार्वजनिक गरेका हुन् । तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । पूर्ण विवरण

एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादबारे गृहले थाल्यो छानविन

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो । अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ । उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो । ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप

नवनियुक्त एआईजीहरुलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिएको छन् । प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाइ बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशनसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कर्मचारी हटाएको चार महिना नपुग्दै फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन । अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ ।

प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाण्डौं । शुक्रबार नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शुक्रबार) विहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो पार्टीको संसदीय दलको नेता समेत रहेका श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३

एआइजी बढुवाबारे प्रधानमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा बढुवाबारे प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। बढुवामा सहमति नहुँदा लामो समयदेखि प्रहरीमा एआइजीका पाँच दरवन्दी रिक्त छन् । ती पदमा बढुवाका लागि बुधबार गृह मन्त्रालय समेत सम्हाल्दै आएका प्रचण्डसँग आइजिपीले छलफल गरेको बालुवाटार स्रोत बताउँछ । वरियतामा डिआइजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य अगाडि छन् । त्यस्तै, सन्दीप भण्डारी,