भ्रमण आदेश
लघुकथा “आउने बुधबार भान्जाको व्रतबन्ध छ । बिदा मिलाउनुपर्ला है,” घरबाट निस्कने बेला उमाले भनिन् । “भन्नु त पर्ला, तर के हुन्छ कुन्नि !,” ऊ घरबाट निस्कियो । “एउटा भान्जाको व्रतबन्धमा डालो समाउने मामा नहुँदा बैनीले पीर मान्नुहुन्छ, विचार गर्नुहोला,” उमाले सम्झाइन् । हाकिमलाई लिएर अफिस जाने क्रममा गाडीमा भन्नुपर्ला भनेको हाकिमसाहेब फोनमा व्यस्त भए । अफिस गएपछि उसलाई हाकिमले भने, “ल, पर्सि मंगलबारबाट तीन दिनको भ्रमणकाज भर है ।”