जुना श्रीस र रोशन कुतालको आवाजमा ‘रामकसम’ रिलिज (भिडियो)
काठमाडौं : लोकप्रिय सर्जक केशव पौडेल र कृष्ण खरेलको संयुक्त प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज भएको “रामकसम” बोलको गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीस मगरको सुमधु आवाज रहेको छ। गीतमा सर्जक केशव पौडेलका उत्कृष्ट शब्दहरु रहेका छन् । चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई सर्जक पौडेलले गीत मार्फत उतारेका छन् । गीतमा रोशन कुतालकै दमदार संगीत रहेको छ। डान्सिङ बिटमा आधारित गीतको अडियो एकदम उत्कृष्ट छ।