रेशम चौधरीलाई रिहा गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले थारु कल्याणकारिणी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ । सहमतिको पहिलो बुँदामा टीकापुर घटनाका अभियुक्त धनीराम चौधरी, रेशलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने उल्लेख छ । त्यसैगरी, थारुहट आन्दोलनका क्रममा ज्यान गुमाइ शहीद भएकाको परिवारलाई राहत उपलब्ध गराउने, आन्दोलनको क्रममा भएको क्षतिको मुल्याङ्कन गरी रहत उपलब्ध गराउने, संविधानअनुसार थारु समुदायलाई आरक्षको व्यवस्था गर्ने, थारूभाषी बाहुल्य