राजनीति

नयाँ प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै विपक्षी गठबन्धन राष्ट्रपति निवासमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवामा नयाँ सरकारको दावी गर्दै विपक्षी गठबन्धन राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । कांग्रेस संसदीय दलको बैठकमा बसेको विपक्षी गठबन्धनको बैठकले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीको लागि देउवालाई अघि सार्दै दावी पेश गर्ने भएका हुन् । बैठकले १ सय ४९ सांसदको हस्ताक्षर जुटाएर दावी पेश गर्ने भएका हुन् । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित, माधव नेपाल समूहका २७ र जसपाका १२

राष्ट्रपतिद्वारा नयाँ सरकार गठन आव्हान, कांग्रेसद्वारा आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न गरेको आह्वान आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएका हुन् र राष्ट्रपतिले दिएको समयसीमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार

आज साँझ ५ बजे सम्म बहुमत प्राप्त दलले प्रधानमन्त्रीमा दावी पेश गर्न सक्ने

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको

अधिवक्ता विराजले चट् गराइदिए ७ जना गैर सांसदको मन्त्री पद

काठमाडौं । सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् । अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएका व्यक्ति पटक–पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।मन्त्रीको हैसियतमा कुनै पनि

गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषदको बैठकमा गैरसांसद सात मन्त्री अनुपस्थित भएका हुन् । प्रधानान्याधीश चोलेन्द्र शम्शेर जबराको इजलासले गैर सांसद सात मन्त्रीलाई काम नगराउन आदेश दिएसँगै बैठकमा आदेश कार्यान्वयन गर्दै मन्त्री अनुपस्थित भएका हुन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा अनुपस्थित भएका

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटा कुल ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । एमालेको माधव नेपाल पक्षका मत नदिएपछि बादल पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका थिए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए

मन्त्री परिषदमा पुरानै मुहार

काठमाडौं । ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जसअनुसार उपपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री विष्णु पौडेलले यसअघिकै जिम्मेवारी पाएका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

ओली र नेपाल बीचको वार्ता सकारात्मक, जेठ २ मा फर्कने सहमति

काठमाडौं । नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा एमाले विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तामा जेठ २ वरपर रहेर समाधान गर्ने सहमति भएको हो । माधव पक्षले जेठ २ बटमलाइन लिए पनि शुक्रबारको वार्तामा पूर्वमाओवादीका नेता गृहमन्त्री रामबहादुर ‘थापा’ बादल संस्थापन पक्षबाट सहभागी थिए । यसको अर्थ २०७५ जेठ

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org मा बिहीबार सार्वजनिक गरेको हो। शुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण