विशेष समाचार

सात राजदूत नियुक्तिको तयारी

काठमाडौं । सरकारले रिक्त रहेका ७ देशमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ती मध्ये हाल दुई कुटनीतिक नियोग र पाँच दूतावास नेतृत्वबिहीन छन् । न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग, युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत नियुत्किा लागि सिफारिस गर्ने तयारी गरेको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई,

दासढुंगा दुर्घटना: सडकबाट बस खस्दा १९ यात्रु घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । आज शुक्रबार बिहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा बस दुर्घटनामा पर्यो । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस सडकबाट खसेको हो । घाइते हुनेहरुमा भारत सिलगुडी बस्ने कमला सुब्बा, लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका–३ बस्ने सुशान्त सुब्बा, हरैचा ८ बस्ने सुनिता लामीछाने,

नयाँ दल दर्ता गर्न अनिवार्य ५ सय मतदाताको सनाखत चाहिने

काठमाडौं । राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ। राजनीतिक दलसम्बन्धी

छोरीलाई आयोगको परीक्षा पास गराउन खोज्ने अधिकृतलाई ६ महिना कैद

काठमाण्डौं । लोक सेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई बिशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ। उनले छोरीलाई लोक सेवा आयोगको परीक्षा उत्तिर्ण गराउन उत्तरपुस्तिका सच्याउने काम गरेका थिए । विशेषका सदस्यत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासबाट मंगलबार यस्तो फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वैशाख ०७८ मा शाहीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाएको थियो। जसमाथि दुई वर्षपछि फैसला गर्दै विशेषले कसुर कायम गरेको हो।

‘प्रचण्ड’ पत्नी सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माका अनुसार दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीले सलामी दिने छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधबार बिहान ८ः ३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको

समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज (बुधबार) अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। साउन दोस्रो सातादेखि सातै प्रदेशमा मोर्चा गठन गर्ने तयारी रहेको उनले बताए । समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि

प्रचण्ड पत्नी सीता दाहालको आजै २ बजे अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३० बजे निधन भएको हो । उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सीता नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य

प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।  आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिशडाँडामा श्रद्धाञ्जली कार्यक्रम राखिएको सापकोटाले बताए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेका थिए ।

काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । बिहान उडेको होलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिएका छन् । प्रवन्धक न्यौपानेका अनुसार नाइन एन–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्क विहीन भएको हो । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

जेसिबीको ठक्करबाट बागलुङमा बालकको मृत्यु

गलकोट । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।