विशेष समाचार

चार प्रदेशमा एआइजीको अनुगमन,मधेसमा चौधरी, लुम्विनिमा तामाङ

काठमाडौं । तत्काल कारबाही गर्ने अधिकारसहित प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई विभिन्न प्रदेशको अनुगमनमा खटाएको छ । प्रहरी मिलेमतोमै सीमा नाकाबाट तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गरी कारबाही गर्ने अधिकारसहित टोली खटिएको हो । मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ, कोशीमा टेकप्रसाद राई र सुदुरपश्चिममा सुदीप गिरी खटिएका छन् । सो टोलीलाई सीमा नाकाम हुने पुलिसिङको बिशेष अनुगमन गर्ने जिम्मेवारी छ । कतै कमजोरी देखिएमा तत्कालै प्रहरीहरु कारबाहीमा पर्नेछन् । तराईका

लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो टोलीका मुख्य फरवार्ड लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको छ । क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गरेपछि पिएसजीले अर्जेन्टिनी कप्तान मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको हो ।  साउदी भ्रमण लगत्तै मेस्सीले लिग वानमा लोरिएन्टविरुद्ध पुरै ९० मिनेटमा खेलेका थिए । उक्त खेलमा पिएसजी ३–१ ले पराजित भएको थियो ।  निलम्बन अवधिमा मेस्सीले पीएसजीबाट प्रशिक्षण वा खेल्ने छैनन् । ३५ वर्षीया

लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बिहानैदेखि वर्षा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षा भइरहेको छ ।  आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ

रवि लामिछानेका चालकको उपचारकै क्रममा मृत्यु

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका चालक शम्भुको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।आफन्तले उनको शव अस्पतालबाट निकालिसकिएको छ । वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए । उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत पाएका छन् । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज प्रदेशसभाबाट विशवासको मत पाएका हुन् । चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो ।  कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । एमालेका

रविलाई साविककै मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले राखेको प्रस्तावमा सहमत भए रास्वपा पुरानै मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । लामिछानेले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग सरकारका साझा कार्यक्रम संशोधन हुनुपर्ने, साविकको मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखेका छन् । ती विषयमा सहमति भए रास्वपा सरकारमा सहभागी हने प्रवक्ता मुकुल ढकालले जानकारी दिए । रास्वपाको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक

आज पहाडी भेगमा चट्याङसहित पानी पर्ने

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपात्यकामा पनि वर्षाको सम्भावना छ । बिहानको समयमा काठमाडौं

पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्यारूसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यारूसहित हल्का वा

चट्याङले लागेर एकै गोठका ५४ भेडा मरे

काठमाडौं । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शुक्रबार साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा पालेका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । चट्याङले