आफ्नै किर्तिमान तोड्दै ३०औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा
काठमाडौं । सगरमाथा आरोहण गरी पटक पटक कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले पुन (३० औँ पटक) सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज (बुधवार)बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा