सात दिनभित्र हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने
काठमाडौं । एक महिनायता सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरूलाई सम्पर्क आउन निर्देशन दिएको हो । उक्त कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी