नक्कली शरणार्थी प्रकरण: खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् । बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै छुट्न