तिनाउ नदीमा जलसतह खतराको तहमाथि,सतर्क रहन आग्रह
काठमाडौं । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । र, जल सतह अझै बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा