समाचार

कर्णाली प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुने

सुर्खेत । कर्णाली प्रदेशमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । यस्तै अपराह्न ५:१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५:३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ । साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ

लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा २ दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको

राप्रपा सरकारमा जाने, अध्यक्ष लिङदेन उपप्रधान सहित उर्जा मन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अब, लिङदेन उपप्रधानमन्त्री बन्ने छन् । सरकारमा सहभागी हुन लागेको राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दाबी गरेको छ । तर, उपप्रधानसहित ३ मन्त्रालयसम्म पाउने सम्भावना रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल आज शुक्रवार नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै छन् । पार्टी प्रवेश गरेको घोषणा गर्न भुसालले आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा घोषणा कार्यक्रम आयोजना गरेका छन् । भुसालले एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भए पनि उनको जिम्मेवारीको विषय टुंगो लागेको छैन । उनलाई महासचिव बनाइने चर्चा चल्ने गरेको छ ।

मनहरिमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस आज विश्वासको मत लिँदै छन् । आज दिउसो १ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री

बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लिला गिरीले आज नयाँ सरकारका लागि मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । सरकारको नेतृत्वमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिंदै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज (पुस २७ गते) ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समय सकिनु अगाडि नै नेकपा एमालका नेता गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत

तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन् । ‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न