प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सिंह पक्राउ
बारा । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ परेका छन् । उनलाई मंगलबार राति दुवै खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको हो । भारत मोतिहारी दर्पाथाना–१, सुक्लहियाका २५ वर्षीय सुटर सुजितकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार गएराति बजेबाराको विश्रामपुर गाउँपालिका—३ मा फेला परेका सिंहलाई प्रहरीले पक्राउ गर्न खोज्दा भाग्न थालेपछि खुट्टामा