समाचार

सिन्धुली कारागारमा ३० वर्षीय विमलको मृत्यु

काठमाडौं । जिल्ला कारागार सिन्धुलीमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका ३० वर्षीय विमल मगर रहेका छन् । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । उनको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा

न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा

मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो । जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४

शो कम दिएको भन्दै ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमको घोषणा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र दिमाग खराब निर्माण टिमले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । निर्देशक निश्चल बस्नेतले बिहीबार सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् । ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने रु’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु

आज भाइटीका,१०:५१ बजे शुभ साइत

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट

खुकुरी प्रहारबाट गुलरियाका बरुण घिमिरेको हत्या

बर्दिया । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । गए राति दुई समूहबीच झगडा भएको थियो। झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाण्डौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन्। ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्। ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले

'नेपाली श्रमिक कल्याणकारी संघ'को वृहत् रक्तदान कार्यक्रम नोभेम्बर १७ मा

दर्शन सुनार, कतार : विभिन्न सामाजिक संघ संस्थाहरुले पछिल्लो समय कतारमा रक्तदान कार्यक्रम गर्दै आइरहेका छन्। जसले गर्दा रगत अभावका कारण ज्यान जोखिममा रहेका नेपालीहरुलाई धेरै टेवा पुग्ने गरेको छ। यस्तै रक्तदान कार्यक्रम गर्ने संस्था मध्ये ‘नेपाली श्रमिक कल्याणकारी संघ कतार’ पनि एक हो। यो संस्थाले तेस्रो पटक वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दैछ। यस अघि २ पटक रक्तदान कार्यक्रम गरिसकेको यो संस्थाले तेस्रोपटक आगामी नोभेम्बर १७ तारिकमा रक्तदान कार्यक्रम गर्दैछ।

आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट

आगो निभाउने क्रममा २२ जना घाइते

मोरङ । मोरङको उर्लाबारीमा एक सुन पसलमा लागेको आगो निभाउने क्रममा ४ प्रहरीसहित २२ जना घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा रहेको सुन पसलमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । घाइतेहरुमा उर्लाबारीका स्थानीय र उर्लावारीमै कार्यरत ४ जना प्रहरी रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर,