नेपाली सेनाले स्वर्गद्धारीमा वनायो ‘स्वर्ग’ बाटिका
प्युठान । नेपाली सेनाले प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारी मन्दिर परिसरमा सुबिधा सम्पन्न पानीको फोहरा सहितको ‘स्वर्ग’ बाटिका बनाएको छ। नेपाली सेनाको ईन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका – २ मा बाटिका बनाएर मन्दिर ब्यबस्थापन समितीलाई हस्तान्तरण गरेको हो। नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्युठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिए । यसले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्ने छ