तस्कर र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र एक बालक घाइते


  • तस्कर र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र एक बालक घाइते

    काठमाडौं । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट प्याज तस्करी गरेर ल्याउँदै गरेका तस्कर र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा तीन प्रहरी र एक बालकसहित चारजना घाइते भएका छन् ।   गोली लागेर स्थानीय १४ वर्षीय रञ्‍जन यादव सख्त घाइते भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा १२ राउन्ड फायर गरेको हो । सो क्षेत्रबाट स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । गएराति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्रनजिकै प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । सोही क्रममा स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।   डीआईजी सिंहले भने, “स्थानीयसहितको टोलीले प्रहरीमाथि आक्रमण र गाडी तोडफोड गरे । प्रहरी पनि घाइते भएपछि हवाई फायर गरेका हौं ।” प्रहरीका अनुसार अहिले पनि सो क्षेत्रमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । -बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *