प्युठान प्याराग्लाइडिङ्गका पारखीहरुकालागी अर्को गन्तव्य वन्दै


  • प्युठान प्याराग्लाइडिङ्गका पारखीहरुकालागी अर्को गन्तव्य वन्दै
  • प्युठान । प्रकृतिले बनाइदिएको भु-बनावट स्वरुपले आकर्षक मानिने कलात्मक दृश्यले भरिभराउ प्युठानकाे सारी प्याराग्लाइडिङ्गको सफल परिक्षण संगै पर्यटकीय सम्भावनाकाे अर्को गन्तव्यकाे रुपमा अगाडि बढ्दैछ । स्वर्गद्वारी नगरपालिका – ५, सारीमा रहेको पर्यटकीय स्थल भु-बनोटकाे पवित्र आकाशमा सफलतापूर्वक प्याराग्लाइडिङ्ग काे परिक्षण उडान सुरु भएपछि याे क्षेत्रकाे पर्यटन सम्भावना थप उच्च भएको हाे । पोखराबाट गएको प्याराग्लाइडिङ्गकाे एक टाेलीले परिक्षणको रूपमा उडान गरेका थिए। चाडैं स्वर्गद्वारी नगरपालिका ५, साउनेपानी देखि भूबनोट सम्म प्याराग्लाइडिङ्ग हुने टोलिका एक सदस्यले वताए। पश्चिम नेपालका विभिन्न जिल्लामा प्याराग्लाइडिङ्ग उडानकाे सम्भावना खाेज्दै अगाडि बढेको उक्त टाेलीले साउनेपानीको स्थान एकदम उपयुक्त भएको जनाएको छ । केही भाैतिक पुर्वाधारकाे काम सम्पन्न गरे सारीको साउनेपानी देखि भू-बनोट सम्म प्याराग्लाइडिङ्गको मज्जा लिन चाडै सकिने बताए । सारीकाे आकाशमा सफल रुपमा प्याराग्लाइडिङ्गको उडान देखिपछि स्थानीयहरु उत्साहित बनेका छन । स्वर्गदारी नगरपालिका ५ प्युठान सारीमा एक परापुर्वकाल देखि आफै बनावटमा रहेका अनाैठा माटाका दृश्यले पनि चर्चित छ । उक्त ठाउँ अवलोकन गर्न आन्तरिक पर्यटककाे भिडभाड समेत हुन थालेको छ । वडा अध्यक्ष हिरामणि भण्डारीले भू-बनोट जाने पुल २ बर्ष भित्र तयार गर्ने र उक्त ठाँउमा प्रत्येक बर्ष बजेट छुटाउनु पर्ने आवश्यकता रहेको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *