पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । तीन जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ ।यस्तै थप ९३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *