सौर्य पत्र

वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी

  नुवाकोट । नुवाकोटको एक वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको घटना बाहिर आएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गएको चैत २४ मा चोरी भएको थियो। घटना चैतमा घटेको भए पनि अहिलेसम्म संघीय मन्त्रालयमा जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि घटना बाहिर आएको हो । वृद्धभत्ता चोरी प्रकरण्माा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली नै पठाएर छानबिन थालेपछि कुरा बाहिर पोख्खिएको हो। गाउँपालिकाका

मेलम्चीमा बाढीले केही मानिस बेपत्ता भएको अनुमान, एकिन विवरण आउन बाँकी

काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले आयोजनाको क्षेत्रमा बस्ने लेबरहरूको क्याम्पमा क्षति पुर्‍याएको छ। त्यहाँ हताहती भएको अनुमान गरिएको छ। मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ नाकोटे भन्ने ठाउँमा पहिरो गएपछि बाढी आएको हाे । साँझ सात बजे आसपासमा बाढि आएपछि स्थानीयवासीमा भागदाैड मच्चिएकाे छ । केही मानिसहरु बेपत्ता भएको अनुमान गरिए पनि यकिन विवरणहरु आएका छैनन् । बत्ती गएको हुदा सिसिटीभि अबरुद्ध भएपछि उक्त क्षेत्रकाे घटना विवरण पत्ता

मनाङको चामेमा वाढीले लघु जलविद्युत सहित ६ घर वगायो

काठमाडौं । लगातारको वर्षातबाट मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको र ट्रस्ट बनाएर बसेका होटल र पसलहरु सबै बगाएकाे जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काकाले जानकारी दिए । उक्त स्थानमा भएका सबै जनतालाई माडास्थित कारागारमा राखिएको छ । डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए । बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु उत्रिए आन्दोलनमा

काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलब नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए । ‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया

काठमाडौं महानगरपालिकाले आज भेरोसेल खोप लगाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (सोमबार) र भोलि (मंगलबार) कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न

युरोकपमा अष्ट्रियाको  विजयी सुरुवात

काठमाडौं  । १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले  विजयी ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे ।सेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए । यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ । म्यासेडोनियाले

एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयलाई निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयलाई निर्देशन दिएकाे छ। परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाइसक्नु पर्ने निर्णय गरेको हाे । एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र

नेकपा एमालेको स्थायी कमिटी बैठक असार २ गते बस्दै

काठमाडाैं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान गरेकाे हाे । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा परेको छ । स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुने भएको छ । यद्यपि अदालतको फैसलालाई लिएर एमालेको संस्थापन

प्रेस काउन्सिलद्वारा पत्रकारको निःशुल्क उपचारको माग

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताए । पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामग्रीमा पहुँच

पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री कृष्णचन्द्रले गरे दुईवटा निर्णय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै दुईवटा निर्णयहरु गरेका छन् । शनिबार बेलुका उनले मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।