परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणमा भारत प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहीबार दिल्ली प्रस्थान गरेका छन् । मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको दिल्ली प्रस्थान गरेका हुन् । तीनदिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली भारत जाने क्रममा । संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा