नेपालका कानुनविदहरु देखेर दया लागेर आउछ : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय पोलिटिकल डिसजन र आवश्यकताको सिद्धान्त भएको बताएका छन्। राष्ट्रिय सभाको आइतबारको हिउँदे अधिवेशनमा कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने र यसकै आधारमा संसद् विघटन भएको उनले स्पष्ट पारेका छन्। ‘मन्त्रिपरिषदमा केही साथीहरुले यसबारे(संसद् विघटन) कुरा उठाएका थिए। मैले साथीहरुलाई भनेपछि उहाँहरुले बुझ्नुभयो। मन्त्रिपरिषद्को सर्वसम्मत सिफारिसमा राष्ट्रपतिले गर्नुभएको हो। राष्ट्रपतिलाई धेरै अधिकार दिइएको छैन। केही मात्र दिएका छौं।’ उनले राष्ट्रपतिलाई यस मुद्दामा नमुछ्न