सौर्य पत्र

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्। त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ। सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ। आर्डर्नले ‘न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो’ भनिन् ।आर्डर्नले ‘तर भाइरस निर्मूल नहुने त्यसैले

सोमवारदेखि तीनदिन नेपालगन्जमा विद्युत अनियमित हुने

नेपालगंज मर्मत सम्भारको काम गर्नुपर्ने भए पछि नेपालगन्जमा सोमबारदेखि तीनदिन विद्युत सेवा अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र अन्र्तगतको सबस्टेशनमा रहेको ११ केभि ब्रेकरहरुको नियमित मर्मत संभार गर्नुपर्ने भएकाले नेपालगंजको बजार क्षेत्र, फुल्टेक्रा, रांझा, सदरलाइन, खजुरा लगायत बिभिन्न क्षेत्रमा विद्युत अनियमित हुन लागेको हो ।

कर्णालीमा ३ वर्षीया बालिका संगै ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

सुर्खेत कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । सल्यानको बनगाड कुपिण्डे

सुदुरपश्चिममा भारतवाट  चौध दिनमा २५ हजार नेपाली भित्रिए

महेन्द्रनगर पश्चिम सुदुरपश्चिमको सीमानाका गड्डाचौकीबाट दुई साताको अवधिमा झण्डै २५ हजार नेपाली भित्रिएका छन् । स्थानीय प्रशासनले जेठ १२ गतेबाट गड्डाचौकी सीमानाकामा प्रवेश खुला गरेपछि सोमबारसम्म २४ हजार ७६७ जना स्वदेश भित्रिएका हुन् । छिमेकी मुलुक भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १२ गगे गड्डाचौकीबाट प्रवेश खुला गरेको थियो । विभिन्न सीमा नाकाबाट नेपालीहरू भित्रिँदा कोरोना जोखिम बढेको भन्दै

जसपा निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष बाबुराम चौथो वरीयतामा

जनता समाजवादी पार्टी (जसपा)को दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । दल दर्ताका लागि दिएको निवेदनमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष र अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका

थप २१३ संक्रमित थपिएसंगै, संक्रमितको संख्या तीन हजार ४४८ पुग्यो

काठमाडौं नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् । देशभरका ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको

कोरोनाले थप दुईजनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं  शनिबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राति २ बजेतिर एकजनाको मृत्यु भएको छ । ५८ वर्षीय पुरुष १६ गते सुर्खेतबाट गएर १८ गतेदेखि क्वारेन्टिनमा थिए । उनी दमको रोगी भनेर जानकारी प्राप्त भएको देवकोटाले जानकारी

चरणचरणमा गरेर लकडाउन खोलिने

काठमाडौं सरकारले चरणचरणमा गरेर लकडाउन खोल्ने तयारी गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध तवरले खोल्ने कार्ययोजनामा छलफल गरेको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जानकारी दिए । सरकारले पहिलो चरणमा आर्थिक क्रियाकलाप, त्यसभित्र बैंकिङ तथा वित्तीय कारोबार, कृषि उत्पादनसँग जोडिएका, अत्यावश्यक सेवाका, स्वास्थ्यसँग गाँसिएका र राहतका क्षेत्र खुला गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालयको प्रोटोकलको पालना गर्दै यी

नायिका मनीषा कोइराला काठमाडौंमा,१४ दिनको क्‍वारेन्टाइन बस्ने

काठमाडौं बलिउड अभिनेत्री मनीषा कोइराला काठमाडौं आइपुगेकी छिन् । रूपन्देहीको बेलही नाका हुँदै मनीषा मंगलबार बिहान नेपाल प्रवेश गरेकी थिइन् । उनलाई नेपाली सेनाले स्कर्टिङ गरेको थियो । उनी मंगलबार साँझै काठमाडौं आएकी हुन् । मनीषा काठमाडौंको एक होटेलमा १४ दिन क्वारेन्टाइनमा बस्ने स्रोतले जानकारी दियो । “१४ दिनको क्वारेन्टाइन अवधि सकिएपछि मात्रै उहाँ (मनीषा) सञ्चारमाध्यमसँग बोल्नुहुनेछ । त्यसैले अहिले उहाँ सार्वजनिक हुन चाहनुभएको छैन,” स्रोतले भन्यो । नेपालले कालापानी,

बलिउडलाई उकास्‍न पारिश्रमिक कटौतीका लागि माधुरी पनि तयार

काठमाण्डौ बलिउड चलचित्र निर्माताहरूको सहयोग स्वरूप अभिनेत्री माधुरी दीक्षित पारिश्रमिक कटौतीका लागि तयार भएकी छन् । लकडाउनका कारण थला परेको बलिउड इन्डस्ट्रिलाई उकास्न बलिउड कलाकारहरू अघि बढिरहेका क्रममा माधुरीले पनि सहयोगको हात अघि बढाएकी हुन् । हालै एक भारतीय मिडियालाई दिएको अन्तवार्तामा माधुरीले यस कुराको जानकारी दिएकी हुन् । मिडियासँग कुरा गर्दै उनले निर्माताहरूको सहयोगका लागि आफ्नो पारिश्रमिकमा कटौती गर्नुपरे पनि तयार भएको र चलचित्र क्षेत्रलाई पुनः बलियो बनाउन सबैले