रसुवामा दुई किलो सुनसहित दुईजना पक्राउ
रसुवा । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले दुई किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा रहेको प्रहरीले जनाएको छ । आइतबार मोटरसाइकलबाट कठमाडौंतर्फ आउँदै गरेका शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवा प्ररहीका डीएसपी सुवास बुढाथोकीले बताए । उनका अनुसार स्याफ्रुबेसी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा सुन भेटिएको हो । शेर्पाले सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए ।