नवराजको नंया भिडियो "सजन के दिवानी" सार्वजनिक

नेपालगंज । मोफसलमा बसेर आफुलाई अब्वल निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदीको थारु गीत “सजन के दिवानी”को नयाँ म्युजिक भिडियो अंग्रेजी नंया वर्षको अवसर पारेर सार्वजनिक भएको छ  । उमेश मुस्कानको शब्द संगित रहेको “सजन के दिवानी” बोलको गीतमा श्रीनिवास चौधरी र अन्नु चौधरीको आवाज रहेको छ ।  गीतले युवायुवतिको कहिल्यै अन्त्य नहुने प्रेमकथाको आभास दिलाउछ ।आईतवार रिलिज भएको भिडियोमा मोडेल सोना बज्राचार्य र देवदास रिचर्डको उत्कृष्ट अभिनय रहेको छ । आकर्षक नृत्यसँगै

फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक

काठमाण्डौं । लोकप्रिय निर्गेशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलले पनि आवाज दिएकी छन् । गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, गीतले पारिवारिक खुसीसँगै पिडा पनि झल्काएको

भृकुटीमण्डपमा तात्यो नेपथ्य

काठमाण्डौं । नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको छ। देश दौडाहमा रहेको लोकरक ब्याण्डले शनिबार काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको हो। कन्सर्ट हेर्न केपी ओली र गगन थापा पनि पुगेका छन्। उनीहरूसँगै हरिवंश आचार्य लगायत कलाकारहरू पनि त्यहाँ पुगेका छन्। यसअघि नेपथ्य देशका विभिन्न स्थानमा पुगेर कन्सर्ट गरिसकेको छ। विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा लगायत ठाउँमा कन्सर्ट गरी आज काठमाडौंमा आयोजना गरिएको हो। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपथ्यले कन्सर्ट गरेको

‘आँधी तुफान-२’ माघ २७ मा रिलिज हुने

काठमाडौं । चेलिबेटी बेचबिखनको विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार यो फिल्मको वितरण आरआर फिल्मस्ले गर्ने भएको छ । सो कम्पनीसँग छलफलका क्रममा रिलिज मिति तय भएको हो । चलचित्रमा सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी,

‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक काटेर मनाइयो

नेपालगंज । भाइटीकाको भोलीपल्ट (कात्तिक ११ गते) बाट प्रदर्शन आएको  चलचित्र ‘महापुरुष’ले शनिबारदेखी काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । सो अवसरमा नेपालगंजको वागेश्वरी क्यु एफएक्समा केक काटेर प्रदर्शनको ५१ औ दिन मनाइएको हो । चलचित्र पत्रकारसंघ बांके शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकारसंघ बांके शाखा अध्यक्ष रामचन्द्र पौडेल, वागेश्वरी क्यु एफएक्सका प्रबन्ध निर्देशक संजिव शाक्यले सयुक्त रुपमा ५१ औ दिनको केक

अमेरिकाको सिनेटबाट टिकटक प्रतिबन्ध गर्ने प्रस्ताव पारित

काठमाडौं । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ। राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ। चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट

प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायबीच भेट भएको छ । प्रचण्डलाई भेट्न अभिनेता ओबराय तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए । प्रचण्ड सचिवालयका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए । सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने

बैशाख १ मा ‘नाईं नभन्नू ल ६’, र ‘भगवत् गीता’ रिलिज हुने निश्चित

काठमाण्डौं । नयाँ वर्ष २०८० बैशाखमा दुई नेपाली फिल्मबीच भिडन्त हुने देखिएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको छ भने यही मितिमा छायांकनरत फिल्म ‘नाईं नभन्नू ल ६’ पनि प्रदर्शन हुने निश्चित भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले बैशाख १ गतेदेखि फिल्म रिलिज हुने जानकारी दिए । यतिबेला विर्तामोडमा फिल्मको छायांकनकामा रहेका आचार्यले भने- ‘मंसिरभित्र फिल्मको छायांकन

सबैको साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको हो : अध्यक्ष ठकुरी

काठमाण्डौं । सम्पुर्ण सरोकारवालाहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले बताएका छन । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । इटरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र नायक राजेश हमालले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई

हास्यकलाकार ‘दारी बा’ ले गठबन्धनलाई भोट माग्दै

सिन्धुपाल्चोक । नेपाली सिने जगतका चर्चित हास्यकलाकार सुरवीर पण्डित ‘दारी बा’मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागिरहेका छन् । हास्य प्रस्तुतीमा ‘दारी बा’ नामले चर्चित पण्डितले सिन्धुपाल्चोक–१ मा भएका विभिन्न कार्यक्रममा सहभागी भएर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू माधव सापकोटा ‘सुबोध’ र प्रदेशसभा–१ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे । युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोली खाएको योद्धा भएको स्मरण गराउँदै