राजनीति

महिलाहरु सक्षम र उद्यमशिल हुनुपर्छ : राज्यमन्त्री बिक

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकले  बुढानिलकण्ठ स्थित हाट बजारको एक कार्यक्रमकाविच उद्घाटन तथा अवलोकन गर्नुभयो । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR) को केन्द्रिय कार्यालय परिसरमा रहेको छहारी भवनमा स्थापित एकल महिला अभियानको अभिलेखिकरण कक्ष (डक्युमेन्टेसन केन्द्र) तथा एकल महिलाहरुद्धारा संचालित हाट बजारको उद्घाटन तथा अवलोकन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मन्त्री बिकले हरेक महिलाहरु सक्षम र उद्यमशिल

विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिए

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको छ । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका विप्लवलाई १० जनाको सुरक्षाकर्मी खटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षाको व्यवस्था गरिएको पराजुलीले जानकारी दिए । भर्खरै शान्ति प्रकृयामा आएकाले सुरक्षा चुनौती हुनसक्ने भन्दै सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए । महानगरीय

तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका गर्न जारी अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताएका छन् । एक सय ११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहमा उनले मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिएर राष्ट्रनिर्माणमा होमिने सदाशयबाट प्रेरित आफ्नो निर्णयविरुद्ध मुद्दा दायर गरी संसद् पुनःस्थापना गराइए पनि जनताका मुद्दामा छलफल गर्ने थलोमा

स्थायी कमिटीको बैठकसंगै एमाले–माओवादी छुट्टिने निर्णयमा

काठमाडाैँ । प्रचण्ड–माधव समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एमाले–माओवादी छुट्टिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्षले एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेका हुन् । अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल

अब एमालेतिरै फर्कने परिस्थिति बन्यो: नेता नेपाल

काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् । “अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,” पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।” उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए । “हाम्रो हृदय विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौँ,” उनले भने, “अब एमाले

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि प्रचण्ड–माधव पक्षको बैठक बोलाइएको छ । विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, सर्वोच्च अदालतको एउटा इजलासले हाम्रो पार्टी नेकपाबारे गरेको फैसला सम्बन्धमा रहेको स्थायी कमिटी बैठक बोलाइएको छ ।’ सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाइ दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा

सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए

अदालतको फैसलासंगै व्युँतिए एमाले र माओवादी केन्द्र

काठमाडौं । नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् । सर्वोच्च अदालतले आज गरेको फैसलामा भनिएको छ,“निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले

नेकपा आधिकारीकता ऋषि कट्टेलको पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण

संसदको सातौं अधिवेशन आजवाट शुुरु, अपरान्ह चार बजे संसद बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आज (आइतबार)देखि शुुरु हुुँदैछ । अपरान्ह चार बजे संसद बैठक बस्नेछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएपछि आजबाट पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । नेकपा दुई भागमा विभाजित बनेको छ तर औपचारिक रुपमा भने विभाजित भएको