प्रधानमन्त्री ओली विरुद्ध दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने कांग्रेसको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो । काँग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही