राजनीति

रवि लामिछानेको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

काठमाडौं । समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको उम्मेदवारी अयोग्य रहेको भन्दै आज चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा

चितवन–२ मा रविले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका

उपनिर्वाचनका लागि तीन जिल्लामा आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाको रिक्त तीन वटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले आज मनोनय दर्ता गराउने भएका हुन् । प्रतिनिधिसभा अन्तर्गत तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन हुँदैछ । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको

कांग्रेससँग मेरो साइनो नै छैन:गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफू कांग्रेसको मान्छे नभएको बताएका छन् । उपनिर्वाचनलाई लक्षित गर्दै पार्टीले उनीमाथिको कारबाही फुकुवा गरेपछि उनले यस्तो कटाक्षपूर्ण प्रतिक्रिया दिएका हुन् ।  नेता जोशीले एक वक्तव्य जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका जोशीले कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले अहिले आएर पार्टीसँग आफ्नो कुनै साइनो नरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छेसँग कुनै किसिमको

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्ने भएको छ । वर्तमान संसद्को पहिलो अधिवेशनको १८ औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ. व. २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा

रवि,रमेश र स्वर्णिमले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले उम्मेदवारी दिने पक्का भएपछी आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ । स्वर्णिम वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गरी

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिएनन् ।

शपथ लिएलगत्तै भूमि व्यवस्था मन्त्री रञ्जिता पुगिन डिल्लीबजार कारागार

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ शपथ लिएलगत्तै डिल्लीबजारस्थित कारागार पुगेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतनिवासमा शपथ लिएपछि सिधै उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं आफ्ना श्रीमान रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन् । कारागार स्रोतका अनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । त्यसपछि मन्त्री श्रेष्ठ मन्त्रालय फर्केकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका

मन्त्रीहरुको शपथ दिउँसो ३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री प्रचण्ड आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

रास्वपाबाट बारामा रमेश खरेल,तनहुँमा स्वर्णिम वाग्ले उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन २, तनहुँ–१ र बारा–२ को रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ । तनहुँ–१ मा तीन जान डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र