‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार सार्नुहोस: मेयर बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारविरुद्ध पुनः आक्रोशित भएका छन् । सरकारले महानगरसँग समन्वय नगरेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत संघीय सरकारविरुद्ध आक्रोश पोखेका हुन् । उनले काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार अरु पालिकामा सार्न समेत चुनौती दिएका छन् । ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’ उनले चुनौती दिँदै भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’