सरकार रेशम चौधरीलाई ‘आम माफी’ दिने तयारीमा
काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयबाट निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ । २०७२ भदौं ७ टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी सजाय माफी दिन लागिएको हो । उनलाई यही जेष्ठ १५ गते ‘गणतन्त्र दिवस’को अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने