विशेष समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहविच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।   परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उनी बिहीबार भारत गएका थिए । शुक्रबार भारतीय विदेशीमन्त्री एस जयसंकरसँग बैठक बसेको थियो । मन्त्री ज्ञवाली तीन दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कदैछन् ।

हुम्लामा भीडवाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्ला । हम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।   बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा

भारतले आजदेखि कोरोनाविरुद्धको खोप सर्वसाधारणलाई लगाउदै

काठमाण्डौं । भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ ।स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले

भारतमा निर्मित खोपलाई आपतकालीन प्रयोगका लागि सरकारले दियो अनुमति

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो ।   विभागको शुक्रबार बसेको बैठकले आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम

कांग्रेसले आज सवै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

काठमाण्डौं । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई यसअघिनै आह्वान गरिसकेका छन्। पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं

नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी समिति बैठक सुरु, आन्दोलनका कार्यक्रमबारे छलफल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।   बैठकमा संसद विघटनविरुद्व घोषणा भएका आन्दोलनका कार्यक्रमबारे छलफल चलिरहेको उनले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाल नेतृत्वको कार्यदलको बारेमा पनि छलफल चलिरहेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी

अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँको आईपीयो खुल्यो, सवै आवेदकलाई पर्ने

काठमाडौं । नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट खुल्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो ।   जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

भक्तपुरमा स्कुलका सुरक्षा गार्ड मृत भेटिए

काठमाण्डौं । भक्तपुरको सुर्यबिनायक स्थित पलाँसेमा सुरक्षागार्डका रुपमा कार्यरत एक व्यक्ति मृत फेला परेका छन् । गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ ‘साईला’ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   सिन्धुपाल्चोक पाँचपोखरी घर भएका लक्ष्मीदास सुर्यबिनायक नगरपालिका–९ स्थित महत गाउँमा बस्दै आएका थिए । उनी दिउँसो ज्याला मजदुरी र राति स्कुलमा काम गर्थे ।   गणेश बाल स्कुल नजिकै खोल्सामा फेला

बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

काठमाण्डौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ । हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको

रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।     बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।   यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११