समाचार

कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ । एक किशोरीले उनीविरुद्ध मंगलबार काठमाडौं प्रहरीमा उजुरी दिएकी हुन् । बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको बुझिएको छ । सन्दीपको कप्तानीमा नेपालमा केन्याविरुद्ध ५ टि

नेपालले भुटानलाई ४-० ले हरायो

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेका थिए । उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेका हुन् । वर्षाका कारण खेल

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय

काठमाण्डौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना

प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइयो नागरिकता विधेयक

काठमाण्डौ । संसदको दुवै सदनबाट पुन: पारित गरिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ। सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय शितल निवास पठाएका छन्। सभामुख सापकोटाले सोमबार नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाएको उनको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा

चीनको शक्तिशाली भूकम्पमा कम्तिमा ४६ जनाको मृत्यु

एजेन्सी । चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको

४७ वर्षीया लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक संकटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनेछन् । बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् । विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा

भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौं । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम पनि तग भएको छ । पाँच दिने भ्रमणका लागि आइतबार

पक्राउ परेका शेरजंग थुनामुक्त

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको प्रहरीले जनाएको छ । उनलाई साधारण तारेखमा रिहा गरिएको हो । गुरुङबारे प्रहरीबाट आएको फाइल अध्ययनपछि आवश्यक प्रक्रिया पूरा गरेर साधारण तारेखमा रिहा गरिएको हो । गुरुङसँग प्रशासनले केहीबेर बयान लिएपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सिट बाँडफाँट कार्यदलले आज प्रतिवेदन बुझाउने

काठमाडौं । सत्ता गठबन्धन दलको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। आजको बैठकले सिट बाँडफाँट अन्तिम टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । ‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ,

नवराजको ‘पहेली बार’ सार्बजनिक

नेपालगन्ज । निर्देशक नवराज सुवेदीको थारु भाषाको ‘पहेली बार ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । बांकेको आकर्षक गन्तव्य गाभर होमस्टेमा छायांकन गरिएको गीतको भिडियो सोमबार आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । दर्जनौ भिडियोसंगै पछिल्लो भिडियो ‘तोहार नथिया’ को सफलतासंगै हौसिएका निर्देशक सुवेदिको ‘पहेली बार’ थारु भाषाको पांचौ भिडियो हो । माया प्रेमसंगै थारु संस्कृतिलाई देखाइएको गीतमा तिलक चदारा र रितु चौधरीको आकर्षक नृत्य र अभिनय