समाचार

फुलबारी रेष्टुरेन्ट कतारको आयोजनामा शुक्रबार वृहत् साँस्कृतिक कार्यक्रम हुँदै

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा साँस्कृतिक कार्यक्रम धमाधम भईरहेका छन्। यसैबीच आगामी शुक्रबारको फेरि एउटा भब्य साँस्कृतिक कार्यक्रम कतारमा हुँदैछ। कतारको सनैयामा अवस्थित रहेको फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। “फुलबारी रेष्टुरेन्टको चाहना,नेपाली कला र सस्कृतिको जगेना, भन्ने मुल नाराका साथ ” मानव सेवा आश्रम सहयोगार्थ बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल बाट आमन्त्रित राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा,पछिल्लो समयकी

जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ भिड्दै

काठमाण्डौं । आगामी जेठ १० गतेबाट बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आउने भएका छन । सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएसंगै दर्शकको राम्रो प्रतिकृया पाएको छ । रोहित अधिकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। अनमोल केसी र  जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क रहेको निर्माण पक्षले बताएको छ

ओलीले दिए सुहाङलाई बधाई मतदातालाई धन्यवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम- २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । इलाम- २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इमालका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए । उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा

रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

इलाम । इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । बैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपालाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो । तर, अन्तिम मत परिणाम आउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन सकेनन् । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार

इलाम २ मा सुहाङ ५८३० मतान्तरले विजयी

इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिवंगत संविधानसभा अध्यक्ष एवं

पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

हुम्ला । हुम्लाका रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ। मन्त्रालय भने तोकिएको छैन। यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए। मुख्यमन्त्री कँडेलले बिहिबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। कर्णाली प्रदेशमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिने तयारी गरेका हुन् । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी

गठबन्धन जुनसुकै समयमा पनी टुट्न सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन जुनसुकै बेला टुट्न सक्ने संकेत गर्दै आशंका व्यक्त गरेका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन सहज ढंगले अघि नबढेको भन्दै कतिन्जेल टिक्छ भन्न नसकिने बताएका हुन् । नयाँ गठबन्धनमा आफूहरुले सहज नमानीरहेको उनको भनाई थियो । ‘गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसैले कतिन्जेल टिक्छ भन्न सकिँदैन ।