समाज

तातोपानी नाकाबाट ३० मेट्रिक टन लिक्विड अक्सिजन भित्रियो

काठमाडौं । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार मध्याह्न तातोपानी भन्सार कार्यालय भित्रिएको हो । ‘हामीकहाँ ३० मेट्रिक टन बराबरको १५० सिलिन्डर लिक्विड अक्सिजन आइपुगेको छ,’ तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले भने, ‘उक्त परिमाणको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका ६ हजार सिलिण्डर भर्न सकिने देखिएको

कोरोना निको हुनेको संख्या बढ्दै, एकैदिन ८ हजार ८४८ जना संक्रमणमुक्त

काठमाडौं । केहीदिन यता कोरोना संक्रमितको निको हुने दर बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।

विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ । की छन् । बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने नेताहरुले बताएका छन् ।

आगामी बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

काठमाडौं । आगामी बजेटमा सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने तयारी गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर्मचारीको तलब वृद्धि गर्ने भएको हो। अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्नेछ। सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

प्रतिगमन भाग - २ को डटेर प्रतिवाद गरौ : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ । नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्सना

अमेरिकाद्वारा चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी

काठमाडौं । अमेरिकाले चीनको प्रयोगशालाबाटै कोरोनाभाइरसको उत्पतीभएको दाबी गरेको छ । विश्वव्यापीमहामारीका रुपमा फैलिएको भाइरसको उत्पतिबारै अझै एकिङ तथ्य फेला नपरेको अवस्थामा बिभिन्न व्यक्तिहरुले आ आफ्नै किसिमका दाबीगर्दै आएका छन् । अमेरिकी स्वास्थ्यअधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित सङ्क्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको हुनसक्ने दाबी गरेका हुन । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन सीडीसीका निर्देशक समेत

कोरोना निको हुनेको सङ्ख्या वृद्धि हुदैे

काठमाडौं । कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४०७ जना

प्रधानमन्त्री ओली बाहिरिए शीतलनिवासबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतलनिवासबाट बाहिरिएका छन् । उनी राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका थिए । स्रोतका अनुसार उनले झन्डै आधा घन्टा शितल निवासमा बिताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट चलिरहँदा १४९ जनाको हस्ताक्षर बोकेर शीलत निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुले भने प्रतीक्षा गर्नुपरेको थियो । निकट स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनले एमालेका १२१ र

शीतलनिवासमा राष्ट्रपतिलाई कुर्दै विपक्षी गठबन्धनका नेताहरु

काठमाडौं । एक सय ४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् । राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए । विपक्षी काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत

नयाँ प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै विपक्षी गठबन्धन राष्ट्रपति निवासमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवामा नयाँ सरकारको दावी गर्दै विपक्षी गठबन्धन राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । कांग्रेस संसदीय दलको बैठकमा बसेको विपक्षी गठबन्धनको बैठकले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीको लागि देउवालाई अघि सार्दै दावी पेश गर्ने भएका हुन् । बैठकले १ सय ४९ सांसदको हस्ताक्षर जुटाएर दावी पेश गर्ने भएका हुन् । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित, माधव नेपाल समूहका २७ र जसपाका १२