बैतडीमा आफ्नै बाबुद्धारा गोली हानी छोरीको हत्या
काठमाडौं । बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन् ।पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए। उनले शनिबार बेलुकी ५ बजेतिर घटना भएको बताए। स्थानीयलाई उद्धृत गर्दै उनले श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि