घरको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु
दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर ५ रानीजरुवाकी १८ वर्षीया कमला केसी शुक्रबार साँझ आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । छतको रेलिङमा बसेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको भन्ने बताइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए । उनका अनुसार छतबाट खसेकी केसीलाई उपचारका लागि