पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रुको व्यवस्थापन सेनाबाटै
काठमाडौं १६, भदौ । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान