ती शिक्षक, न आफु बाँचे न त बच्चा बाँच्यो


  • ती शिक्षक, न आफु बाँचे न त बच्चा बाँच्यो
  • नेपालगन्ज १४, भदौ । सर्पले टोकेको बच्चालाई उपचार गराउन नेपालगञ्जतिर आउदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगञ्जमा रहेको शसस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक चेवन देवकोटा र त्यसमा सवार ३ वर्षका लिलाधर खड्काको मृत्यु भएको हो । सर्पले टोकेको बालकलाई मोटरसाइकलमा राखेर ल्याउदै विहान रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएको थियो । बालकलाई समातेर बसेकी आमा कौशिला खड्का घाइते भएकी छन् । रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएपछि घाइते भएका चालक देवकोटाको उपचारका लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, सर्प टोक्दा बिरामी भएका र दुर्घटनामा परेर घाइते भएका बालक खड्काको विहान १०.२० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *