सेलिब्रेटी

चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक

काठमाडौं । चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ । उनको १०१ वर्षीया आमा गंगादेवी पौड्यालको आइतबारराति ११ बजे निधन भएको हो । आमाको निधन भएको दुःखद समाचार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

पोखरामा श्रीमती मधुसँग घुमघाममा व्यस्त छन् राजेश हमाल (तस्बिरसहित)

काठमाडांै । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल अहिले पोखरामा छन् । उनी समता फाउन्डेशनको निर्माणमा चलिरहेको कार्यक्रम ‘जातको प्रश्न’ बाट चर्चामा आइरहेका छन् । यसै कार्यक्रममाथि केही समूहले विभिन्न प्रश्नहरु गरिरहेका छन् । तर कार्यक्रम माथि उठिरहेको प्रश्नहरुको बिषयमा भने उनी मौन छन् । कार्यक्रम जातको प्रश्नले उनलाई विवादमा ल्ष्याएको बेला हमाल अहिले श्रीमती मधु सहित पोखरा पुगेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो घुमघामको तस्बिर शेयर

केकी अधिकारी र प्रकाश सपुतको पुन: सहकार्य

नायिका केकी अधिकारी र गायक तथा नायक प्रकाश सपुत अनार चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् । शनिबार प्रेसमिट गर्दै केकी र प्रकाशलाई अनार चामलको ब्रान्ड एम्वेस्डर रहेको घोषणा गरिएको हो । केकी अधिकारी विगत दुई बर्षदेखी अनार चामलको ब्राण्ड एम्बेसडरको रुपमा रहंदै आएकी छिन् भने प्रकाश सपुत यस बर्षदेखि आवद्ध भएका हुन् । ब्रान्ड एम्वेस्डरको अवधी एक बर्षको छ । केकी र प्रकाशले यो चामल सहित मायाको मुखैमा चिनी, बदला

बलिउडका लोकप्रिय गायक कुमार सानुलाई कोरोना संक्रमण

काठमाडौँ। सन् १९८०÷९० का दशकमा आफ्नो सुमधुर आवाजले मन्त्रमुग्ध बनाएका गायक हुन्, कुमार सानु । आफ्नो फरक आवाज र अन्दाजले एउटा पुस्तालाई रोमान्टिक गीतको स्वाद दिएका कुमार सानुलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कुमार सानुका सहयोगीहरुले गायकलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। कुमार सानुलाई कोरोना संक्रमण भएपछि उनका सहयोगीहरुले गायकको स्वास्थ्यको कामाना गर्न सम्पूर्ण प्रशंसकहरुसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमा सहयोगीले लेखे, ’ दुर्भाग्यवश सानु दालाई कोरोना

फिल्म 'प्रसाद २' मा दोहोरिने भए विपिन र नम्रता

काठमाडौं – २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ दोस्रो श्रृंखला बन्ने पक्का भएको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ ले दर्शकको मन जित्न सफल भएको थियो । यस फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठको जोडीलाई धेरैले रुचाएका थिए । अब बन्ने फिल्म ‘प्रसाद २’ मा पनि नम्रता  र विपिन दोहोरिने भएका छन् । फिल्मका लागि बिपिन र नम्रतासँग निर्माण युनिटले सम्झौता समेत गरिसकेको बताइएको छ । फिल्म ‘प्रसाद २’

धमाधम युट्युब च्यानल खोल्दै नेपाली नायिका, को कति लोकप्रिय ?

काठमाडौं । नेपाली नायिकाहरुले आफ्नै युट्युब च्यानल खोल्न थालेका छन् । विशेषगरी कोरोनाभाइरस संक्रमणको महामारीपछि नायिकाहरु युट्युब च्यानल खोल्न अग्रसर भएका देखिन्छन् । कोरोनाभाइरस संक्रमण बढेसँगै चलचित्रका काम बन्द छन् । जस कारण उनीहरु फुर्सदिला देखिन्छन् । आफ्ना दर्शक र शुभेच्छुकहरुमाझ पुग्न पनि उनीहरु युट्युब च्यानल खोल्न थालेका छन् । तर, सक्रिय रुपमा भने उनीहरु लागेका देखिँदैन्न । केही नायिकाहरुले युट्युब च्यानल खोलिसकेका छन् भने केही खोल्ने तयारीमा छन् । क–कसको

'मुन्द्रेको कमेडी क्लब' मा जोडिएपछि यसो भनिन् करिश्मा मानन्धरले

काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउदैछ । कोरोनाभाइरसको संक्रमणका कारण स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब केहि फेरबदलका साथमा सुरु हुन लागेको हो । हाँस्यकलाकार जितु नेपालले सञ्चालन गर्ने यस शोमा यसअघि अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । अबको सिजनमा भने उनको स्थानमा अभिनेत्री करिश्मा मानन्धरलाई ल्याइएको छ । अबको सिजनको पहिलो अतिथिको रुपमा रेखा थापा

विराज भट्ट र ऋचा शर्मा चलचित्र छायांकनस्थल अध्ययन समिति सदस्यमा नियुक्त

काठमाडौं । सरकारले सुदूर पश्चिम प्रदेशको चलचित्र छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । चलचित्र विकास बोर्ड भदौ २२ गतेको बैठकले गठन गरेको थियो । केन्द्रीय सरकारको ‘प्रत्येक प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गर्ने’ कार्यक्रम कार्यान्वयन गर्न बोर्डले आफ्नो कार्यक्रममा वार्षिक कार्यक्रममा ‘उपयुक्त छायांकनस्थलहरुकोबारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न’  सातवटै प्रदेशमा समिति गठन गर्ने क्रममा सुदूर पश्चिम प्रदेशका लागि समिति बनाएको हो । बोर्डका सदस्य नरेन्द्र महर्जन संयोजक

लामो समयपछि एउटै फिल्ममा जोडी बाँध्दै शाहरुख र दीपिका

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान अब नयाँ फिल्ममा देखिने भएका छन् । उनी अभिनेत्री दीपिका पादुकोणसँग फिल्म सनकी मा एकसाथ देखिने बताइएको छ । लामो समयपछि अब फेरि यी दुईको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् । तमिल निर्देशक एटली कुमारले पनि यी दुईको जोडिलाई रिुचाएका छन् । भारतिय मिडियाका अनुसार फिल्म सनकी मा एकसाथ अभिनय गर्न शाहरुख र दीपिका उत्साहित रहेको बताइएको छ । उनीहरुलाई यस फिल्मको

अभिनेत्री नीता ढुंगानाले 'श्रीमद्भगवत गीता' निर्देशन गर्ने

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निता ढुंगानाले आज आफ्नो जन्मदिन मनाएकी छिन् । सन् २००२ मा चलचित्र  ‘मितिनी’ मा बाल कलाकारबाट अभिनय यात्रा शुरु गरेकी उनले हालसम्म तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रमा अभिनय गरेर छुट्टै पहिचान वनाउन सफल नीताले अब आफ्नै निर्देशनमा वेब सिरिज निर्माण गर्ने भएकी छिन् । केही दिनअघि उनले धार्मिक वेब सिरिज निर्माण गर्ने घोषणा गरेकी थिइन् । ‘श्रीमद्भगवत गीता’ वेब सिरिजलाई आफैले