राजनीति

संविधान दिवसमा विभूषण प्रदान नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यो वर्ष विभूषण प्रदान नगर्ने निर्णय गरेको हो । विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा

राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।  नम्वाङको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । श्रद्धाञ्जलीका लागि मंगलबारदेखि एमाले पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीर दुबै छोरा नेपाल आएपछि हिजो दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । नेम्वाङको सोमबार राति हृदयतघातबाट निधन भएको थियो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौँ । काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।  बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । 

कोशीका मुख्यमन्त्री कार्की र मन्त्रीले सपथ लिए

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज

प्रधानमन्त्री भेट्न सिंहदबार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रण्डलाई भेट्न ओली प्रधानमन्त्रीको कार्यालयमा सिंहदबार पुगेका थिए । प्रचण्ड र ओलीबीच समासायिक राजनीतिकबारे छलफल भएको बताइएको छ । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा पनि छलफल भएको बताइएको छ ।

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा

काठमाडौं । भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता

सुन तस्करी प्रकरणमा सीआईबीले लियो दिपेश पुनसँग बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो । ३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी

एमाले नेताहरू चढेको बुद्धको जहाज जनकपुर नजिकै पुगेर काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट जनकपुका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । सिरामा हुन गइरहेको सचिवालय बैठकमा सहभागी हुन हिँडेका नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज विमानस्थन नजिकै पुगेर फिर्ता भएको हो । सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्ट लक्ष्मी शाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

तत्काल कुलमानलाई पदबाट निलम्बन गर्न प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने, तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने

ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो । सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा