हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘मैले बाँकी जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।’ आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,