विशेष समाचार

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । बिहीवार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने जनाएका छन् । उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।

ब्राजिल र स्पेनले रंगभेदविरुद्ध खेल्ने

एजेन्सी – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले आफ्नो टोलीका सदस्य भिनिसियस जुनियरको समर्थनमा रंगभेदविरुद्धको एक भागको रूपमा अर्को वर्षको मार्चमा स्पेनसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल ब्राजिली विंगर भिनिसियसको क्लब रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भिनिसियस विगतको अभियानमा रियलबाट खेल्दा स्पेनमा धेरै पटक जातीय दुव्र्यवहारको निशाना बनेका थिए ।  ‘फुटबलमा जातीय अपमानको लागि कुनै ठाउँ छैन ।’ स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुवियालेसले भने ।

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ लाई विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ

प्रधानमन्त्री प्रचण्ड दाङ जाँदै

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाँदैछन् । बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो । विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ

मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले विश्वासको मत दिए । नागरिक उन्मुक्तिकी सांसद उर्मिलादेवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए । जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो(मंगलबार) बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी

कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कर्मचारीले टिकटक बनाए कारबाही हुने

काठमाडौं । निजामीत कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाहीमा पर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिँदै बनाएको पाइएमा कारबाही गर्ने भएको हो । कार्यालय समयमा टिकट बनाएमा, कार्यालयको पोसाक लगाएर टिकटक बनाएमा वा कार्यालयको सवारी साधन प्रयोग गरेर टिकटक बनाएको पाइएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् । निर्देशन विपरीत टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत

बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । बाजुरामा आज बिहानै भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटक पटक भूकम्प गइरहेको छ ।

अर्थमन्त्रीले आज संसदमा बजेट माथी उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त दिउँसो १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्के पछि निरन्तर बजेट माथी छलपफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिए पछि आज (सोमवार) अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरुले उठाएका