विशेष समाचार

पहिरोका कारण मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनालाई स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनाको लागि रोजगार दिने भएको हो । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ । बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी

प्रकाशित समाचारप्रति डिएसपी भाटको खण्डन

काठमाडौं । गत २४ चैत २०७९ मा दृष्टिन्यूजमा प्रकाशित ‘डिएसपीको कमाउ धन्दा’ शीर्षकमा प्रकाशित समाचारको इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुख डिएसपी उद्धवसिंह भाटले खण्डन गरेका छन् । प्रकाशित समाचारमा आपत्ति जनाउँदै इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुख डिएसपी भाटले समाचारप्रति असन्तुष्टि जनाएका छन् । उनले खण्डनमा भनेका छन्– दृष्टि मिडिया प्रा.लि.बाट सञ्चालित अनलाइन दृष्टिन्यूजमा ‘डिएसपीको कमाउ धन्दा’ शीर्षकमा मेरो फोटोसमेत राखी प्रमाणहिन, आधारहिन, तथ्यहिन र कपोकल्पित समाचार

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।  काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका

राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा

काठमाडौँ । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।  प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेर समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा  घोषणा गरिएको हो । घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा चर्को हुटिङ गरेका थिए ।

कोशी बाढीपहिरो:ज्यान गुमाउनेको संख्या ८ पुग्यो

कोशी । कोशी पहाडको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।  केही दिनदेखिको अविरल वर्षाले कोशी पहाडका जिल्लाहरूमा धनजनको ठूलो नोक्सानी गरेको छ। खासगरी हेवा खोलाले पहाडी जिल्लामा धेरै क्षति गरेको छ।  हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ३, पाँचथर ३, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ। ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको

बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ल्यान्ड हुन सकेन

काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशी प्रदेशका विभिन्न जिल्ला पुगिरहेका छन् । शनिबार राति अविरल वर्षाका कारण आएको बाढीपहिरोले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा वितण्डा मच्चाएको छ । अहिलेसम्म तीन जिल्लामा गरी ७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।  सोही क्षेत्रको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड जिल्लाका प्रतिनिधिहरूसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । तर प्रतिकुल मौसमको कारण पाँचथरमा भने प्रधानमन्त्री

‘रअ’को प्रमुखमा सिन्हा नियुक्त

काठमाडौं । भारतको गुप्तचर निकाय रअ(रिसर्च एण्ड एनलाइसिस विंग)को प्रमुख फेरिएका छन् । आइपिएस अफिसर रवि सिन्हालाई भारत सरकारले सोमबार रअको प्रमुख बनाएको छ । हाल प्रमुख रहेका सामान्त कुमार गोयल अनिवार्य अवकाशमा जान लागेपछि सिन्हा नियुक्त भएका हुन् । गोयलले ३० जुनदेखि अवकाश पाउँदैछन् । भारतको बाह्य गुप्तचर निकाय हो रअ। जसले नेपाललाई पनि प्राथिमकतामा राखेर सूचना संकलन र आफुअनुकुल चलखेल गर्दै आएको छ ।

बाढीपहिरोमा बेपत्ता २२ जनाको पहिचान खुल्यो

काठमाडौं । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए

नेपाल बैंकमा जागिर खुल्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।