अब माटोको परिक्षण डिजिटल माध्यमबाट गर्न सकिने
काठमाडौं । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डिजिटल नक्सा तयार पारेको छ,’ उनले भने । कृषि तथा पशुपन्छी